News Category 2073/05/18

अबैध घरेलु मदिरासहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
सप्तरी प्रहरीले अवैध मदिरा नियन्त्रण गर्ने अभिायनालाई निरन्तरता दिँदै पुन अवैध तरिकाबाट उत्पादन गर्ने मदिरा तथा तीन जनालाई नियन्त्रणमा लिएको छ । 
ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले शम्भुनाथ नगरपालिका १ स्थित पुर्ब पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा सोही स्थान निवासी झोली सदाको साथबाट १५ लिटर मदिरा बरामद गरेको छ । 
त्यस्तै ईप्रका कडरबोनाबाट खटिएको गस्ती टोलीले मदिरा बिक्री बितरण गर्दै गरेको अवस्थामा जिल्लाको मल्लहनवा ५ निवासी सकलदेव चौधरीको पसलबाट ७ लिटर र बासुदेव चौधरीको पसलबाट ८ लिटर घरेलु रक्सी बरामद गर्नुका साथै उनीहरु दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ । 
त्यसैगरि प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी सचितादेबी साहको भट्टिबाट ७ लिटर मदिरा बरामद र मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको जनाएको छ । त्यस्तै तेजु रामको भट्टिबाट ७ लिटर मदिरा र उत्पादन गर्ने भट्टि, अजय मण्डलको पसलबाट १५ लिटर मदिरा बरामद गरेको छ ।
यसगरि सन्तोस साहको भट्टिबाट ३० लिटर मदिरा बरामद, मदिरा उत्पादन गर्ने भट्टी नष्ट तथा सुरेश साहको पसलबाट ५ लिटर मदिरा बरामद गरेको छ भने ठाकुरलाल मण्डलको पसलबाट ३० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै अजय नारायण साहको पसलबाट २० लिटर मदिरा बरामद, मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको जनाएको छ । 
त्यसैगरि इप्रका कन्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी जगधर प्रसाद साहको घरबाट ५ लिटर मदिरा, राजेश श्रेष्ठको घरबाट ५ लिटर मदिरा, राजकुमार साहको घरबाट मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३० लिटर र मदिरा उत्पादन गर्न प्रयोग गरिने भाडा १७ थान समेत बरामद गरेको जनाएको छ ।
त्यस्सै ईप्रका रुपनीबाट खटिएको  प्रहरी टोलीले  तेरहौता ५ बस्ने गंगा श्रेष्ठको घरबाट मदिरा बनाउन प्रयोग गरिने भाडा १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट