News Category 2073/05/23

नेता पोखरेलले ट्वीटमार्फत दिएको अभिव्यक्ति बिरुद्ध व्यापक आलोचना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २२ भदौं । 
नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नो ट्वीटमार्फत मंगलबार दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । 
तराई मधेशका विभिन्न ठाउँमा पुतला जलाउनुको साथै पोखरेलको विरुद्ध नारावाजी समेत लागेको छ । यसैबीच तराई मधेश लोकतान्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गरि देशको एक प्रमुख राजनैतिक दलको नेतावाट नेपाली–नेपाली बीच जातिय र रंगभेद पैmलाउने कुप्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । 
नेपालको मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम आदि समुदाय अधिकारका निमित्त संघर्ष गरिरहेको र त्यस न्यायोचित संघर्षलाई जातिय घृणाद्वेष र रंगभेदसंग जोड्ने कुप्रयास नेपाली–नेपालीबीच सद्भाव र एकता विथोल्ने गम्भीर षडयन्त्रको संकेत रहेको दावी विज्ञप्तिमा गरेको छ ।  
यसैबीच मधेशी जनता विरूद्ध अपमान गर्ने ट्वीट गरेको दावी गर्दै एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी बुझाएका छन् ।  मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीलाई पोखरेल विरूद्ध उजुरी बुझाएका हुन् ।
मधेशी जनताको भावनालाई ठेस पु¥याउने गरी नियतवश एमाले अपनानजनक र आपत्तिजनक ट्वीट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकोले पोखरेल विरूद्ध कारवाहीको माग गर्दै उजुरीमा परेको हो । यस्तै बुधबार विहान मात्र संघीय समाजवादी फोरमका युवाले साइवर क्राइममा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले नबुझेको जनाइएको छ ।
पोखरेलले मंगलवार गरेको ट्वीट विवादमा परेको थियो । पछि उहाँले आफ्नो ट्वीटको गलत अर्थ लगाइएको भन्दै हटाउनु भएके थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट