News Category 2073/05/28

आठ प्रहरी कार्यालय पुरस्कृत, दुई प्रहरी इकाई प्रमुखलाई कारवाही

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको ४८ प्रहरी इकाई मध्ये इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी   लक्ष्मीपुरलाई सर्वोत्कृट प्रहरी कार्यालय घोषणा गरेको छ ।  
त्यस्तै इलाका प्रहरी कार्यालय भेडिया कार्यालय ब्यवस्थापन तर्फ उत्कृष्ट, ईलाका प्रहरी कार्यालय महुली अपराध नियन्त्रण तर्फ उत्कृष्ट, ईलाका प्रहरी कार्यालय सखडा नागरिक सम्बन्ध र सहभागिता तर्फ उत्कृष्ट, ईलाका प्रहरी कार्यालय रुपनी कर्मचारी आचरण, ब्यवहार र ब्यवसायिकता तर्फ उत्कृष्ट ठहर गर्दै पुरस्कृत समेत गरेको छ । 
यसैगरि वडा प्रहरी कार्यालय राजबिराजलाई अपराध नियन्त्रण तर्फ उत्कृष्ट ठहर गरेको प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै कमजोर  कार्य सम्पादन  भएका २ वटा प्रहरी ईकाईका प्रमुखहरुलाई कार्बाही समेत गरेको जनाइएको छ । 
सप्तरी प्रहरीले प्रहरी अधिकृत तथा जवानहरुलाई असल आचरण, ब्यवहार र पुर्ण ब्यवसायिक्ताका साथ आम नागरिकसँग सुसम्बन्ध र समन्वय गर्दै तोकिएको जिम्मेवारी ईलाकामा गर्नुपर्ने अपराध नियन्त्रण र अनुसन्धान कार्य प्रती अझ बढी जिम्मेवार र बफादार बनाउदै कर्मचारीमा अन्तरनिहित ज्ञान सिप र दक्षता तथा उपलब्ध श्रोत र साधनको बढी भन्दा बढी उपयोग गराई प्रतिस्पर्धात्मक बातावरणमा परिमाणमुखी कार्य प्रणाली मार्फत आफ्नो जिम्मेवारी क्षेत्रमा प्रभावकारी सार्वजानिक सुरक्षा, अमन चयन कायम गर्ने तथा अपराध नियन्त्रण र अनुसन्धान अझ प्रभावकारी बनाउन तथा फरार अपराधीहरुलाई पक्राउ गरि दण्डहिनताको अन्त्य गर्ने उद्देश्यले २०७३ बैशाख महिनाबाट लागु गरिएको ३ महिने  अन्तर ईकाइ कार्य प्रतियोगिता २०७३ संचालन गरेको थियो । 
यसअघि सोमबार सबै उत्कृष्ट प्रहरी कार्यालय तथा चौकीका इन्चार्जहरुलाई पूर्ब क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख डीआइजी केशरीराज घिमिरेले पुरस्कृत गर्नुभयो । 
पुरस्कार बितरण गर्दै डिआइजी घिमिरेले प्रहरीलाई अझ प्रभावकारी ढंगबाट ब्यवसायिक, जनउत्तरदायी रुपमा  कार्य गरी आम जनतामा शान्ति सुरक्षा कायम राख्न दृढ रुपमा लागी पर्न  निर्देशन दिनु भयो । 
उक्त कार्यक्रमका बिशेष अतिथी सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी बलदेब गौतम, अंचल प्रहरी कार्यालय सगरमाथाका प्रमुख एसएसपी उत्तम बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय सप्तरीका  कार्यालय प्रमुख एसपी भिम प्रसाद ढकालले बोल्नु भएको थियो । 
यस्तै सोही कार्यक्रममा १ सय १९ सय फरार अभियुक्त पक्राउ, ५ हजार ४ सय ४३ लिटर मदिरा नियन्त्रण, १० हजार २ सय ४० केजि अवैध मदिरा उत्पादन गर्ने कच्चा पदार्थ सहित २२ जनालाई पक्राउ गरिएको जनाइएको छ । 
यसैगरि १ सय ३० केजी गाजा, नाइट्रोजन ट्यावलेट ५५ थान, डाइजिलेब १ सय ६६ थान, ५ महिला र ७ पुरुष ७ गरि १२ जनालाई पक्राउ गरिएको जनाइएको छ । यस्तै ३५ क्युविक काठ वरामद, २५ ट्याक्टर बालुवा गिटि तथा ७ लाख बराबरको तस्करीका सामानहरु पक्राउ गरिएको छ । 
यस्तै सिक्सर पेस्तोल एक थान, २ गोलि र चोरीका २ लाख बराबरको सामानहरु पक्राउ गरिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट