News Category 2073/05/28

एम्नेष्टीको अध्यक्षमा कुँइकेल निर्वाचित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २५ औं राष्ट्रिय कार्यकारी परिषद्बाट राजन कुँइकेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ । 
भदौं २४, २५ र २६ गते पोखरामा सम्पन्न परिषद्को बैठकबाट सम्पन्न निर्वाचनमा कुँइकेलको अध्यक्षतामा सो समिति निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष कुँइकेल इमेज च्यानलका समाचार सम्पादक हुनुहुन्छ । 
सम्पन्न निर्वाचनमा अध्यक्ष कुँइकेलसहित कोषाध्यक्षमा बिक्रम ढुकेछु, महिला सदस्यहरुमा पार्वता आचार्य, संगिता चापागाई, यशोधा उपाध्याय तथा खुल्ला प्रतिस्पर्धामा लक्ष्मी निरौला, धु्रव राय, कर्ण बहादुर कुँवर र सुरेश उपाध्याप बिजयी हुनुभएको छ । 
यस्तै दुई सदस्य युथ समूहबाट चयन भइसकेका छन् । सम्पन्न निर्वाचनमा देशभरिका ६६ समूहका १ सय ३० जना प्रतनिधिहरुले सहभागिता जनाएका थिए । 
राष्ट्रिय कार्यसमितिको उपाध्यक्षमा धु्रव राय, महासचिवमा लक्ष्मी निरौला र उपमहासचिवमा यशोदा उपाध्यायलाई जिम्मेवारी दिइएको छ । पुनरावेदन समितितर्फ संयोजकमा केशव पोख्रेल, सदस्यमा वसन्त सुवेदी र प्रभा अधिकारी निर्वाचित हुनुभएको छ ।
यसैबीच एम्नेष्टी इन्टरनेसनल नेपालले कृष्णप्रसाद अधिकारी हत्या घटनाको सम्बन्धमा अदालतले दिएको आदेश पालना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको  छ ।
एम्नेष्टी इन्टरनेसनल नेपालको पोखरामा सम्पन्न २५औँ साधारणसभाले आफ्नो छोरा हत्याको घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको माग गर्दै अभियानरत गङ्गामाया अधिकारीको मागप्रति एक्यबद्धता जनाउँदै उक्त विशेष प्रस्ताव पारित गरेको हो । 
साधारणसभाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव लक्ष्मी निरौलाले साधारणसभाबाट अन्तर्राष्ट्रिय कानुनले अपराध भनेर किटान गरेका घटनाका दोषीको मुद्दा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पीडित र तिनका परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्नेलगायतका विशेष प्रस्ताव पारित गरिएको जानकारी गराउनुभयो । यसअघि परिषद्को उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट