News Category 2070/06/06

नेवि संघको आधिकारिक सभापति साह

दैनिक समाचारदाता


राजविराज÷नेपाली काँग्रेस सप्तरीले नेवि संघ सप्तरीको आधिकारिक सभापति बारे देखिएको विवादप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
जिल्ला सचिव सबुरलाल साहुद्वारा शनिबार जारि विज्ञप्तिमा केही व्यक्तिहरुले नेवि संघको विद्यान विपरीत क्रियाकलाप गरिरहेको हुँदा त्यस्ता व्यक्तिहरुलाई संगठन विपरीत त्यस्ता कार्यहरु नगर्न भन्दै नेवि संघ सप्तरीको सभापति धनश्याम साह नै भएको जनाइएको छ । 
जारि विज्ञप्तिमा नेवि संघ केन्द्रिय कार्यालयको प्राप्त पत्रानुसार घनश्याम साह मात्र आधिकारिक सभापति भएको उल्लेख छ । 
यसैबीच नेवि संघ केन्द्रिय कार्यालयले पनि एक विज्ञप्ति जारि गर्दै सप्तरी जिल्ला कार्य समितिको आधिकारिक जिल्ला सभापति घनश्याम साह रहेको जनाएको छ । कार्यालयका मुख्य सचिव शिव रिमालद्वारा हस्ताक्षरित विज्ञप्ति नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीलाई समेत बोधार्थ गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट