News Category 2073/05/24

लागु औषधसहित चार युवा पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
सप्तरी प्रहरीले पातो बजारबाट अवैध लागु औषध सहित चार जना युवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले पातो १ मा चेकजाँच गर्ने क्रममा स १ प २७४५ नं.को मोटरसाईकल र २ वटा साईकलमा आएका चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जिल्लाको मलेकपुर गाविस ३ बस्ने २३ वर्षिय राजेश कुमार सरदार, सोही ठाउँका १९ वर्षिय सन्देस कुमार साह, २२ वर्षिय संतोष कुमार साह र १९ वर्षिय दिपेस साहलाई पक्राउ गरेकोे जनाएको छ । 
पक्राउ परेका ब्यक्तिहरुको साथबाट नाईट्रोजन ट्याबलेट १५ थान, नाईट्रोमेट टयाब्लेट १० थान, स्पास्मो टयाब्लेट ६ थान लागु औषध बरामद गरीएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाईकल, साईकल तथा व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट