News Category 2073/05/30

दृष्टिविहीन बालबालिकाहरुले गित सुनाएर सबैको मन रसाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
बाल दिवसको अवसरमा बुधबार राजविराजमा दृष्टिविहीन बालबालिकाहरुले एक अत्यन्त मार्मिक गित गाएपछि सबैको मन रसाएका थिए । 
शिक्षा बिना जिनगी बेकार यौ, चलु स्कुल पढैल
आबो जे स्कुल नै जेबै त भजायत जिनगी अन्हार यौ चलु स्कुल पढैल‘
माथीको पक्तिमा भनिएको छ, “शिक्षा बिना जिन्दगी बेकार, विद्यालय पढ्न जाऔं, अब पनि विद्यालय नगए जिन्दगी अन्धकार हुने त्यसैले विद्यालय पढ्न जाआँैं” ।
यो पक्तिलाई ती दृष्टिबिहीन बालबालिकाहरुले आफ्नो सुरमा गाइरहेको बेला उपस्थित सम्पूर्ण सहभागिहरुको मन समेत रसाएको थियो । 
पब्लिक बिन्देश्वरी उमावि राजविराजस्थित दृष्टिबिहीन कक्षामा अध्ययनरत सात जना मध्ये १० वर्षदेखि १२ वर्ष उमेरका रम्भाकुमारी मण्डल, सञ्जनाकुमारी शर्मा, दिनेशकुमार राम र गणेशकुमार चौधरीले जीवनमा अगाडि बढ्न शिक्षाको उज्यालो आवश्यक रहेको भनिरहँदा कार्यक्रममा उपस्थिति बालबालिकादेखि अभिभावकसम्मले ताली बजाएर उनीहरुलाई प्रोत्साहित गर्दै थिए ।
बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिले आयोजना गरेको कार्यक्रममा बालबालिका मध्ये कसैले गीत गाए भने कसैले सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाजिरी जवाफ, चित्रकला, दौड लगायत विभिन्न प्रतियोगिताका विजेता बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला विकास समिति सप्तरीका अधिकृत नवराज खड्का, प्रहरी उपरिक्षक भिम ढकाल, महिला विकास कार्यालयका अधिकृत चन्द्रकला श्रेष्ठ लगायतको उपस्थिति थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट