News Category 2073/05/30

पूर्व सभासद् डा. लक्ष्मीलाल चौधरीको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
पूर्व सभासद् एवं प्राध्यापक डा. लक्ष्मीलाल चौधरीको मंगलबार राति आप्mनै पुख्र्यौली घरमा निधन भएको छ । 
सप्तरीको हरिहरपुर गाविसस्थित आफ्नै निवासमा उहाँको असामयिक निधन भएको हो ।  नेपाल लोकतान्त्रिक समाजवादी दलका पूर्व सभासद् डा. चौधरीको ७० वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् । 
उहाँ राजविराजस्थित महेन्द्र बिन्देश्वर बहुमुखी क्याम्पसमा लामो समयसम्म इतिहास विषयको प्राध्यापक हुनुहुन्थ्यो ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ५ मा समेत घर रहेको पूर्व सभासद् डा. चौधरी २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सभासद् हुनुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट