News Category 2073/05/30

जमुनी मधेपुरामा झाडापखालाको प्रकोप २५ परिवारका पाँच दर्जन बिरामी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ ।
चार दिनदेखि सो गाविसका करिब २५ परिवारका पाँच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित छन् । 
चार दिन अगाडी स्थानीय शंकर शर्मालाई अचानक झाडापखाला लागेपछि उहाँसँगै उहाँका श्रीमति र छोरा छोरी समेतलाई झाडापखाला लागेको थियो त्यसपछि सो टोलमै झाडापखालाको प्रकोप फैलिएको स्थानीय स्वास्थ्यकर्मी संतोष कुमार यादवले जानकारी दिनुभयो । 
झाडापखालाको प्रकोपका कारणले त्यहाँका २५ परिवारका बालबालिकादेखि बृद्धबृद्धासम्म सो रोगबाट ग्रसित भएको  स्वास्थ्यकर्मी यादवले जानकारी दिनुभयो । 
त्यस्तै झाडापखाला प्रकोपकै कारणले १७ वर्षिया रुबी कुमारी यादवले विगत चार दिनदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराईरहेकी छिन् । त्यस्तै झाडापखालाका कारणले विगत दुई दिनदेखि प्रमोद साह पीडित भएका छिन् तथा उनको हाल गाउँमै स्लाईन पानी चढाई उपचार गराईरहेका छन । 
झाडापखाला प्रकोपका कारणले त्यहाँका प्रत्येक परिवार तथा घरका एक दुई जना पीडित बनेको तथा उनीहरुले हाल गाउँमै औषधि उपचार गराईरहेका छन ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयले त्यहाँका झाडापखाला रोगका पीडितहरुका लागि केही औषधिहरु उपचारका लागि पठाइएपनि आवश्यकता अनुसारको औषधि नरहेकाले सो प्रकोप झन फैलिन सक्ने सम्भावना रहेको स्थानीयबासीहरुको भनाई छ । त्यस्तै झाडापखाला प्रकोपलाई नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी सुद्धिकरण गर्नका लागि पियुस गार्डको खाँचो रहेको स्थानीय बिरामीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट