News Category 2073/05/30

संविधान संशोधनबाट नै मधेशको माग सम्बोधन हुन्छ ः अध्यक्ष भण्डारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले संविधान संशोधनबाट नै मधेशको माँग सम्बोधन हुन सक्ने बताउनुभएको छ ।
सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत घोघनपुर गाविसमा बुधबार आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष भण्डारीले सो कुरा बताउनुभएको हो ।
सो कार्यक्रममा एमाले पार्टी परित्याग गरि घोघनपुर गाबिसका निबर्तमान अध्यक्ष मुखिलाल चोधरी सहित २ सय जनाले पार्टी प्रवेश गरेका छन । रामसपाका मो. कलिमको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा संसदिय दलका नेता निर्जला राउत, पार्टीका केन्द्रिय उपाध्यक्षद्वय शेखर कुमार सिंह, जेनुल राईन, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, पार्टीका महोत्तरी जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद सिंह लगायतका केन्द्रिय तथा जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट