News Category 2073/05/31

आगलागिमा ८ घर नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
सप्तरीको रम्पुरा मल्हनिया गाविसमा बुधबार राती आगलागि हुँदा ८ वटा फुसको घर र गाईगोठ जलेर नष्ट भएको छ । 
सो गाविस ६ निवासी सुफलाल यादवको ग्वाली घरमा लामखुट्टे भगाउन बालेको घुरबाट  अचानक आगलागी हँुदा छिमेकका ८ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
सो आगलागिमा शुफलाल यादवको फुसको ग्वाली, वडा नं. २ का भुपेन्द्र यादवको फुसको एक घर, जुद्धलाल यादवको फुसको एक घर, प्रकाश यादवको फुसको घर, बिनोद यादवको फुसको घर, वडा नं. ६ निवासी हरी नारायण यादवको फुसको घर, वडा नं. ७ निवासी खटर यादवको फुसको घर र वडा नं. ८ निवासी मधुनारायण यादवको फुसको घर गरि ८ लाख बराबरको क्षति भएको छ । 
ती सबै घर भित्र रहेको खाद्यान्न, लत्तकपडा समेत गरि सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागिलाई स्थानियवासी, प्रहरी लगायतले नियन्त्रण लिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट