News Category 2073/06/01

विद्युत हुकिङ्ग गरेको आरोपमा एक दर्जन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
नेपाल बिद्युत प्राधिकरण शाखा राजविराजले विद्युत हुकिङ्ग गरेको आरोपमा एक दर्जनलाई पक्राउ गरेको छ ।
विद्युतको हुकिङ्ग गरेको आरोपमा सप्तरीको बेल्हीचपेना गाविस ८ बस्ने बुधध्वज मुखीया, वडा न. ९ पिपराका सुन्दरलाल मंण्डल, वडा न. १ जमुवाका राम आशिस मण्डल, बेल्ही ३ का जगन्नाथ मण्डल, शम्भुनाथ नगरपालिका ३ का पवन कुमार चौधरी, बेल्ही चपेना १ जमुवाका राजेन्द्र मण्डल, पण्चदेव मण्डल, बेल्ही ५ का राजकुमार मण्डल, उपेन्द्र मण्डल, देव नारायण मण्डल, रामप्रकाश साह र चपेना ८ का महाबिर साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत केही समय यता सप्तरीमा बढदो विद्युत हुकिङ्ग बढ्दै गएकोले प्राधिकरण तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली सो नियन्त्रण अभियानमा लागिपरेको छ । यता पक्राउ परेकाहरुलाई बिद्युत ऐन अन्तर्गत कार्बाही हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट