News Category 2073/06/03

बैदेशिक रोजगारमा ठगी गर्नेलाई कारवाही ः एसपी ढकाल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले बैदेशिक रोजगारमा जाने युवायुवतीहरुलाई ठगी गर्ने व्यतmीको पहिचान गरी कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 
सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालको आयोजनामा बैदेशिक रोजगारी सम्बन्धी आइतबार जिल्ला प्रहरी कार्यलय सप्तरीको बिभिन्न स्थानमा रहेका प्रहरी युनिटका प्रमुखहरुलाई एक दिने कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनु भएको हो । 
सो कार्यक्रमका प्रशिक्षक तथा सप्तरीका प्रहरी नायव उपरिक्षक दान वहादुर कार्कीले बैदेशिक रोजगारको सिलसिलामा पासपोर्ट र रकम लिने, बिदेश नपठाउने त्यस्ता ठगीने, बिचौलीया वा त्यस्ता अवैध ब्यवसाय गर्ने ब्यतmीहरुलाई पीडितले उजुरी दिएको खण्डमा कानुनी कारवाही गरी न्याय दिलाउन सहयोग गर्ने जानकारी दिनुभयो । 
बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, बनाउनकालागी सवल नेपालले संचालन गरेको कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरी, सवल नेपालका अध्यक्ष जुना गिरी, कार्यक्रम संयोजक असोक साह,सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, कार्यक्रम अधिकृत चन्दनकुमार यादबले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट