News Category 2073/06/06

खुल्ला ठाउँमा दिसा पिसाव गर्नेलाई १ हजार ५५ रुपैयाँ जरिवाना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा दुई जनालाई १ हजार ५५ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सफल पार्नका लागि गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको नेतृत्वमा खुल्ला दिसा पिसाव गरेकोले स्थानीय दुई जनालाई जरिवाना तिर्नुपरेको हो ।
समन्वय समितिले स्थानीय ब्रहमपुर गाविस १ का भगत लाल चौधरी र नहिम साहले बाहिर दिसा पिसाव गरेपछि जनहि १ हजार ५५ रुपैयाँ जरिवाना गराएर अगामी दिनमा खुल्ला ठाउँमा दिसा पिसाव नफेर्ने शर्तमा छाडिएको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अगामी असोजको दोश्रो सात्तासम्ममा ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको निर्णय अनुसार बाहिर दिसा पिसाव फेर्नलाई जरिवाना गर्ने निर्णय अनुसार सो कार्बाही गरिएको जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा अहिले भिवासिसीको अगुवाईमा एक घर एक चर्पी निर्माण कार्य तिव्र रुपमा भईरहेको तथा सो अभियानलाई सफल पार्नका लागि नियमित घरदेलौ तथा बाहिर दिसा पिसाव फेर्न नदिनका लागि प्रहरी परिचालन तथा सिटी बजाउने कार्यक्रम संचालनमा रहेको संयोजक झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट