News Category 2073/06/06

कोइलाडीमा हैजा फैलियो, नियन्त्रण गर्न स्वास्थ्य टोली परिचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको कोइलाडी गाविस २ मा हैजा फैलिएको छ । दुई दिनअघि सो गाविसमा फैलिएको झाडापखालाको प्रकोपपछि बिरामीहरुको दिसाको परीक्षण पश्चात् हैजा भएको पुष्टि भएको हो । 
कोइलाडी गाविस वडा नं. २ का २५ परिवारमा सोमबारदेखी झाडापखालाको प्रकोप देखिएको थियो । सो गाविसमा ४० जना बिरामीहरुलाई बुधबार स्लाइन पानी दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
यता झाडापखालाबाट गम्भिर ६ जना बिरामीहरुलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।  अहिले झाडापखाला फैलिएर अन्य वडाहरुमा समेत फैलिएको छ । 
मंगलबार अंचल अस्पतालमा झाडापखालाका ८ जना बिरामीहरु मध्ये दुई जनाको दिसाको परिक्षण पश्चात् हैजाको किटानु देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय झाले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रको पानी समेत दुषित रहेकोले हैजा झाडापखाला पश्चात् हैजा फैलिएको हुन सक्ने बताउनुभयो । 
अहिले सो टोलीमा फैलिएको झाडापखाला नियन्त्रणका काठमाडौंबाट स्वास्थ्य टोली समेत परिचालन भएको तथा औषधी उपचारका साथै चिकित्सकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको उहाँले जानकारी दिनुभयो । 
यसअघि भदौं ३० गते जिल्लाको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो गाविसमा खानेपानी फोहर भएको तथा खुल्ला स्थानमा शौच गर्ने गरेकोले सो प्रकोप फैलिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट