News Category 2073/06/08

क्रान्तिकारी माओवादीका १५ नेता कार्यकर्ता पक्राउ चार नेताद्वारा प्रहरी परिसरमै आमरण अनसन सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का १५ जना नेता कार्यकर्ताहरुलाई विभिन्न आरोप लगाउँदै काठमाडौं प्रहरीले पक्राउ गरेको छ । 
यता पक्राउ परेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र गहतराजलाई चन्दा संकलन गरेको आरोपपत्रमा प्रहरीले बुधबार पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको छ ।
पक्राउ परेका चारै जनालाई काठमाडौंस्थित सिंहदरबार प्रहरी परिसर अनामनगरमा राखिएको छ । यसैबीच प्रहरी हिरासतमा रहेका चारै जनाले थुना भित्र राजनीतिक बन्दिको रूपमा ब्यवहार गर्न र राज्यले लगाएको झुठ्ठा मुदा फिर्ता गरि तत्काल रिहाको माग गर्दै शुक्रबार बिहान ६ बजेदेखी आमरण अनसनमा बसेका छन् ।   
सोही पक्राउ विरुद्ध तथा रिहाईको माग गर्दै माओवादीले शुक्रबार चक्काजामको आयोजना गरेको थियो । 
यसैबीच पार्टीका अध्यक्ष वैद्यले शुक्रबारै प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरू शारदा महत, प्रा डा जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक नेपाली, केन्द्रीय सदस्य श्रेष्ठ र गहतराजलाई लगायत १५ जनालाई गिरफ्तार गरेकोमा बिना शर्त रिहाईको माग गर्नुभएको छ । 
विज्ञप्तिमा झुट्टा मुद्दाको खारेजी र निर्दोष कार्यकर्ताकोे रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले उहाँहरूलाई पक्राउ गरेको भन्दै अविलम्ब रिहाइको माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट