News Category 2073/06/08

विद्युत चोरी गर्ने ९ पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 
सप्तरी जिल्लाको विभिन्न स्थानबाट प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले शुक्रबार दिउँसो बिद्युत चोरी गर्ने नौ जनालाई नियन्त्रणमा लिएको छ । 
पक्राउ पर्नेमा सप्तरी लालापट्टी ८ का हरेबी मन्सुरी, छिन्नमस्ता २ का रामनारायण पण्डित, छिन्नमस्ता १ का रामबृक्ष पंण्डित, ईटहरी बिष्णुपुर ४ का ठेकाई यादव, ईटहरी बिष्णपुर १ का नन्द किशोर यादव, ईटहरी बिष्णपुर १ का रबिन कुमार मण्डल, छिन्नस्ता १ का सुर्यनारायण मण्डल, ईटहरी बिष्णपुर २ का जितेन्द्र कुमार मण्डल र छिन्नमस्ता २ का बब्लु ठाकुर छन् । 
उनीहरुलाई बिद्युत प्राधिकरणका कर्मचारी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको अगुगमन टोलीले हुकिङ गरी घरमा बिजुली लगेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उपर बिद्युत प्राधिकरण राजविराजबाट बिद्युत ऐन अन्तगर कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट