News Category 2073/06/10

दास पेट्रोल पम्पका संचालकको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
नेपाल परिवार दलका बरिष्ठ नेता धिरेन्द्र दासका पिता छोटेलाल दासको निधन भएको छ । निधन भएका दास राजविराज ७ स्थित दास पेट्रोल पम्पका संचालक समेत हुन् । 
सप्तरीको बोरिया गाविस घर भई हाल राजविराज नगरपालिका ७ बस्ने ८० वर्षिय दासको शनिबार राति विराटनगरमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताएका छन ।
यसैबिच मृतक दासको पार्थिक शरीरमािथ नेपाल परिवार दल जिल्ला कार्य समिति सप्तरीले पार्टीको झण्डा ओढाएर सम्मान गरेको छ । झण्डा ओढाउने क्रममा दलका जिल्ला अध्यक्ष मो.मोईन उद्धिन बब्लु खाँ, दलका सचिव मनोज दास, पप्पु दास ललन कुमार राय परमेश्वर यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
विगत लामो समयदेखि बिरामी रहनुभएका दासको आईतबारै कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन । मृतक दासको चार छोरा र एक छोरी छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट