News Category 2073/06/11

आगलागिमा दश लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० असोज । 
सप्तरीको बोदेबर्साईन गाविसस्थित एक किराना पसलमा आगलागि हुँदा दश लाख बराबरको क्षति भएको छ । 
सो गाविस वडा नं. ७ निवासी राम गुलाम साहको घरमा रहेको किराना पसलमा अचानक बिद्युत लाईन सर्ट भई आगलागी हुदा किराना पसलमा रहेका सामानहरु पुर्ण रुपमा जली नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागीबाट कुनै मानबिय तथा चौपाया क्षति नभएको प्रहरीले जनाउँदै ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको प्रहरी टोलीले स्थानियहरुको सहयोगमा  आगो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट