News Category 2073/06/14

ग्लोबलको २५ हजार सदस्य पु¥याउने लक्ष्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
ग्लोवल वहुमुखी सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 
विहिवार १६औं वार्षिक साधारण सभा मनाउने क्रममा संस्थाका अध्यक्ष भोलारमण उप्रेतीले सहकारीका सवै सदस्य र कर्मचारीको मेहनत र सेवा भावकै कारण सफलता मिलेको वताउनुभयो ।
बि.स. २०५७ साल कार्तिक ९ गते स्थापना भएको ग्लोवल वहुमुखि सहकारी संस्था लिमिटेड राजविराजले २९ जना सदस्यबाट सुरु गरेको सहकारी संस्थामा अहिले १७ हजार २ सदस्य पुगेको छ । 
ग्लोबलले सप्तरीको ९१ मध्ये ६७ गविस र ४ वटा नगरपालिकामा आफनो संस्थाको कोष र विभिन्न दातृ निकाय तथा वैंकहरुको वित्तिय सहयोगवाट ५० करोडको कारोवार गर्न सफल भएको छ । 
सो अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याए वापत डा. डिकनाथ यादव, जनस्वास्थ्य प्रमुख विजय कुमार झा, नेपाल बातावरण पत्रकार समुहका श्रीलाल साह तथा राष्ट्रिय सहकारी बैंक सप्तरीका संयोजक विश्वनाथ मण्डललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
यसअघि वार्षिकोत्सवका अवसरमा संस्थाद्वारा निकालिएको सदभाव ¥याली नगर परिक्रममा पश्चात जिल्ला विकास समितिको सभाकक्षमा साधारण सभाका सहभागिमा परिणत भएको थियो । 
सो अवसरमा अध्यक्ष उप्रेतिले पेश गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार २०५७ सालवाट २९ जना सदस्यवाट २२ लाख ९३ हजार शेयर पुजीवाट संचालन गरिएको उक्त संस्थाको हालको शेयर पुजीमात्र १ करोड २ लाख ९३ हजार ५ सय पुगेको जानकारी दिनुभयो ।
यस्तै सदस्य संख्या १७ हजार पुगेको बताउँदै अध्यक्ष उप्रेतीले संस्थाले गत आव ०७२÷०७३ मा ७ करोड ९ लाख २ हजार ९ सय रुपैया निक्षेप संकलन गरेको बताउनुभयो । यस्तै ६ करोड २९ लाख ५ हजार १ सय ६१ रुपैया निक्षेप फिर्ता गरेको छ । यसैअवधिमा ३ करोड ३४ लाख ४५ हजार ८ सय १ लागनी गरी कुल १३ करोड ८ लाख ३१ हजार ९ सय ५ रुपैयाको कारोवार गरेको उक्त संस्थाले आव ०७२÷०७३ मा ११ लाख ३ सय ५७ रुपैया खुद मुनाफा गरेको छ ।
यस्तै संस्थाका व्यवस्थापक अमिर यादवले सप्तरीमा १७ हजार सदस्य भएको सहकारी संस्था अरु कुनै नभएको दावी गर्दै चालु आव ०७३÷०७४ मा यो संख्या २५ हजार पु¥याई देशकै सवैभन्दा वढि सदस्य भएको सहकारी संस्था वनाउने लक्ष्याकासाथ काम भईरहेको वताउनभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट