News Category 2073/06/16

दशैंको पहिलो दिन विभिन्न मठमन्दिरमा घुँइचो सुरक्षा व्यवस्था कडा ः सप्तरी प्रहरी

दैनिक समाचारदाता

राजविराज÷नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन शनिवार सप्तरीको विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले घुँइचो लागेको छ । 
पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा वडा दशैको पहिलो दिन शनिबार बिहानैदेखि पुजाआजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको छ । 
यस पटकको दशैंमा घटस्थापना अघि देखि नै भक्तजनहरु पुजा गर्ने घुँइचो लागेको छ । यस वर्ष बडा दशैंभरीमा ५० लाख भन्दा बढी श्रद्धालु भक्तजनहरुले सखडेश्वरी मन्दिरमा दर्शन तथा पुजाआजा गर्ने पीठाधिश महाकान्त ठाकुरले दाबी गर्नुभएको छ । 
उहाँले दशैंका लागि मन्दिर परिसर सरसफाई, रंगरोगन, शौचालय निर्माण, पिउने पानीको ब्यवस्था लगायतका कामहरु सम्पन्न भएको वताउँदै यस पटक मन्दिरसम्म पुग्नका लागि सडकको जिर्णोद्धार समेत भएकोले भक्तजनहरुको संख्यामा वृद्धि भईरहेको बताउनुभयो ।
पिठाधिश ठाकुरले वाहिरवाट आएका भक्तजनहरुको लागि वसोवासको समेत ब्यवस्था मिलाईएको जानकारी दिदै सुरक्षा समेत कडा गरिएको जानकारी दिनुभयो ।
यसैगरी भारदहस्थित कंकालनी मन्दिरमा समेत वाहिरका श्रद्धालु भक्तजनहरु उल्लेख्य संख्यामा आउन थालेको मन्दिरका पुजारी चन्द्रकान्त भारतीले जानकारी दिनुभयो । 
त्यस्तै राजविराजस्थित भगवती मन्दिर र राजदेवी मन्दिरमा पनि भक्तजनहरु उल्लेख्य संख्यामा पुजाआजा गरेका छन् ।
यसैबिच वडा दशैको अवसरमा जिल्लाको पश्चिमी भेगका पातो गाविसस्थित डाकनेश्वरी मन्दिरमा समेत भव्य रुपमा पुजाआजा गरी वडा दशै मनाईरहेका छन । सोही अवसरमा शनिबार बिहान सयौंको सहभागितामा भव्य रुपमा कलश यात्रा समेत निकालिएको पुजा समितिका सचिव रामचन्द्र मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार कडा दशैको अवधिभरी डाकनेश्वरी मन्दिरमा भव्य रुपमा मेला तथा सास्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरी मनाईने छ । 
यस्तै सप्तरी प्रहरीले दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सप्तरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । 
सप्तरीका प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले तिनवटै चाडपर्बहरुमा कुनै पनि बिकृति, बिसंगति, घटना, एंव असुरक्षा जन्य परिस्थिति हुन गर्न नदिई अत्यन्त शान्तपुर्बक बाताबरण तयार पार्नका लागी जिल्ला प्रहरी कार्यालयले विभिन्न सुरक्षा ब्यवस्थापन मिलाएको जानकारी दिनुभयो । 
उहाँले दशै तिहार छठ पर्बको अवसरमा हुने पुजा, मेला, जमघट, आवत जावतका कार्यक्रमहरुमा भरपर्दो शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, सम्पुर्ण सप्तरीबासीलाई तिनवटै चाडपर्बको अवसरमा प्रहरीसँग मिलेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न अभिप्रेरित गर्ने र जिल्लामा पर्याप्त प्रहरी परिचालन गरी कुनैपनि घटनाहरु, हुलदंगा, मारपिट तथा अन्य घटनाहरु हुन गर्न नदिने दाबी गरेको बताइएको छ । 
यस्तै उहाँले सखडा मन्दिरमा बिशेष गरेर घटस्थापना, पन्चमी, सप्तमीका दिनमा  बढी भिड लाग्ने उक्त दिनहरुमा त्यस क्षेत्रमा सादा पोशाक तथा युनिफर्ममा समेत प्रहरीलाई परिचालन गरिने, मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  बाटो समेतमा गरी कुल १ सय २५ जना  प्रहरी परिचालन गरिने जनाइएको छ ।
यस्तै कंकालीमाई मन्दिर भारदहमा घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा मेला लाग्ने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने राजमार्ग समेतमा गरी कुल ७५ जना प्रहरी परिचालन गरिने, राजविराजस्थित भगवति मन्दिरमा घटस्थापना तथा नव दुर्गापुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  स्थानहरुमा समेतमा गरी कुल ३५ जना प्रहरी परिचालन  गरिने, राजबिराजस्थित राजदेवी मन्दिर घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  स्थानहरुमा समेतमा गरी कुल ३५ जना प्रहरी परिचालन गरिएको बताउनुभयो ।
यस्तै पैदल गस्ति १५ वटा गरि ७५ जना, गाडी मोबायल १० वटा गरि ५० जना, पिकेट डिउटी ४१ वटा गरि २०५ जना, राजमार्ग चेकिङ ११ वटा गरि ५५ जना, राजमार्ग गस्ति ६ वटा गरि ३० जना, सादा पोशाक ७ वटा गरि २१ जना, मापसे र जुवातास नियन्त्रण टोली ७ वटा गरि ३५ जान, बिशेष चेकिङ ११ वटा गरि ५५ जना, डिउटी अनुगमन टोली १५ वटा गरि ७५ जना प्रहरी परिचालन गरिने प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट