News Category 2073/06/18

सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि सोमबार बसेको बैठकले वरिष्ठ पत्रकार अनिल कुमार अनलको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन भएको छ । 
सगरमाथा अंचल प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गरेको हो । 
यस्तै पुरस्कार छनौट समितिका सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रेम कुमार उपाध्याय, बैजनाथ झा र मूरली प्रसाद यादव रहनु भएको छ । 
साथै सोही बैठकले २०७३ सालको बिजयदशमी, शुभ दीपावली एवं छठ पर्वको अवसरमा सुख, समृद्धिका लागि सम्पूर्ण जनतालाई शुभकामना प्रदान गरेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट