News Category 2073/06/21

भारतका पूर्व निर्वाचन प्रमुख कुरेसी र नेपालका निर्वाचन आयुक्त इलाबीच बिहे हुने !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २० असोज । 
आगामी फागुन चैत भित्रमा स्थानीय चुनाव हुने हुने निश्चित नभए पनि निर्वाचन आयोगकी आयुक्त इलाशर्माको विहे चाँहि भारतीय निर्वाचन आयोयका पूर्व आयुक्तसँग गर्ने निश्चित भएको छ ।
भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका छन् ।
एक वर्षअघि निर्वाचन आयोग सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारका क्रममा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको भारतीय पत्रिकाले खुलासा गरेका छन् ।
कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी छिन् । राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका गएका बखत सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको थियो । यसबीचमा दुईपटक बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।
कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए भने इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका थिए । उनी त्यसबेला नेपाल प्रहरीको इन्सपेक्टर थिए ।
यसैबीच आयुक्त इलाले भारतीय संचारमाध्यममा प्रकाशन भएको समाचारमा सत्यता नरहेको बताउनु भएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट