News Category 2073/06/21

ब्रहमाकुमारीद्वारा ¥याली तथा शुभकामना आदान प्रदान कार्यक्रम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजद्धारा याली तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा बिहिबार बिहान राजविराजमा बृहत ¥याली निकालिएको छ । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा समेत गरेको थियो ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीको अध्यक्षता तथा साँसद अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित सो शुभ कामना आदान प्रदान कार्यक्रममा पुर्व राजदुत श्यामानन्द सुमन, समाजसेवि हरेकृष्ण प्रसाद सिंह, मधुसुदन लाल देव, शंकर शारदा, ब्रहमाकुमार दिपक भाईजी लगायतकाहरुले आ–आफनो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा ब्रहमाकुमारी भगवति दिदीले सांसद मण्डल र पुर्व राजदुत सुमनलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट