News Category 2073/06/28

डलवा टोलका सयौं परिवार अझै विद्युतविहीन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
सप्तरीको रम्पुरा मल्हनिया गाविस ४ डलवा टोलका सयौं परिवार अझै विद्युत उपभोग गर्न पाएका छैंनन् । 
विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि त्यहाँका करिब एक सय भन्दा बढी परिवार अझै विद्युत उपभोग गर्न पाएका छैनन् ।
विद्युतको पोल त छ, तर विद्युत आफुहरुले अहिलेसम्म पनि हेर्न नपाएको स्थानीय राजेश कुमार यादवले बताउनुभयो । विद्युत बत्ति नहुँदा त्यहाँका एक सय परिवार बषौंदेखि सोलारको भरमा रात बिताउँदैं आएका छन । विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि आफुहरुले बत्ति बाल्न नपाएको तथा बैकल्पिक रुपमा सोलार प्रयोग गर्दै आएको स्थानीय उमेश कुमार यादवको कथन छ । 
यस्तै विद्युत नभएका कारण सयौं परिवार मोवाईल चार्ज गर्नेदेखि लिएर अत्ति आवश्यक कामकाज गराउनबाट समेत पछाडी परेको स्थानीयबासीहरुको आरोप रहेको छ ।
विद्युतको पोल र तार जडान भएपनि आफुहरुले अहिलेसम्म विद्युत उपभोग गर्न नपाएकोप्रति त्यसतर्फ नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयबासीहरुले बताएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट