News Category 2073/06/29

मुसहर समुदायका बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
सरकारले मुलुकमा सबै भन्दा बढी शिक्षामा लगानी गरेपनि सप्तरीको कोचाबखारी गाविस ७ का मुसहर समुदायका सयौं बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
मुसहर बस्तिसँगै सोही वडामा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा ती समुदायका बालबालिकाहरु पढ्न जादैनन् । त्यहाँका बालबालिकाहरु अहिले पनि दिनभरी खेलकुद तथा गाईगोरु, बाख्रा चराउनेदेखि घाँस काट्ने र मजदुरी गर्ने काममै सिमित रहने गरेका छन । 
घर नजिकै विद्यालय हुँदा हँुदै पनि आफुहरुलाई आमा बुबाले विद्यालय जान नै नभनेको कारणले विद्यालय नगएको सोही वडाकी सोना कुमारी सदाले बताइन् । 
उनीजस्तै त्यहाँका सयौं बालबालिकाहरु दिनभरी खेलकुद तथा गाई गोरु चराउने देखि घरायसी कामकाजमै सिमित रहने गरेका छन ।
घर नजिकैको विद्यालयमा पढ्न आउनका लागि बालबालिकाका अभिभावकहरुलाई सम्झाउने प्रयास गरे पनि पढ्न नआएको विद्यालयका प्रअ तेज नारायण मण्डलको कथन छ । ती मुसहर समुदायका बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहनमा स्थानिय अभिभावकहरु नैं दोषि रहेको प्रअ मण्डलको आरोप छ । समुदायका अधिकांश अभिभावकहरु रोजगारीका लागि भारतको दिल्ली, पंजाब तथा अन्य खाडी मुलुक गएकाले बाँकी रहेका अभिभावकलाई सम्झाउँदा समेत विद्यालय पठाउन नमानेको उहाँको भनाई छ ।
यता युनिसेफ र सेभ द चिल्डे«नको सहयोग तथा सेभ द सप्तरीद्वारा विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पु¥याउनका लागि विभिन्न सचेतनामुलक कार्यक्रम ती स्थानमा संचालन रहेपनि त्यसको खासै प्रभाव नपरेको स्थानीय सरोकारबालाहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट