News Category 2073/07/01

छठ पर्वका लागि विभिन्न सामग्री बनाउनमा व्यस्त डोम समुदाय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
नजिकिदैं गरेको छठ पर्वका  लागि सप्तरीका डोम समुदायलाई बाँसका विभिन्न सामग्रीहरु बनाउन भ्याई नभ्याई भएको छ । 
जिल्लाको कोचाबखारी गाविस ८ का डोम समुदायहरु अहिले दिनरात एक गरेर बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा व्यस्त रहेका छन् । यसअघि विगत केही महिनादेखि फुर्सदमैं रहेपनि हाल आएर नजिकिदै गरेको छठ पर्वलाई ध्यानमा राखेर आफुहरु दिनरात बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा लागिपरेको स्थानीय सिफैत मरिकले बताउनुभयो ।
उहाँ जस्तैं त्यहाँ बसोबास गर्ने करिब १० डोम परिवारका महिलादेखि बालबालिका र बृद्धबृद्धाहरुलाई समेत फुर्सद छैन । छठ पर्वलाई ध्यानमा राखेर ती डोम समुदायहरु दिनरात मेहनतका साथ बाँसका सामग्रीहरु ढकिया, छिटा, सुप, नाङलो, मौंनी लगायतका विभिन्न सामग्रीहरु बनाउँन लागि परेका छन् । 
खासगरी छठ पर्व तथा अन्य महत्वपुर्ण चाडपर्वहरुमा मात्र आफुहरुको कमाई हुने गरेको स्थानीय सुरज मरिक डोमको कथन छ । उहाँका अनुसार सो चाड पर्वको बेलामा आफुहरुले मेहनत गरेर ५ देखि १० हजार सम्मको आम्दानी गर्न सकिने बताउनुहुन्छ । 
ठिक यस्तैं त्यहाँका अधिकांश डोम समुदायहरु अहिले नजिकिदैं गरेको छठ पर्वका लागि बाँसका विभिन्न सामग्रीहरु बनाउनमा दिनरात लागिपरेका छन ।
यता बढदो आधुनिकतासँगै बाँसका विभिन्न सामग्रीहरुको विक्रि वितरणमा कमि आएपनि खासगरी चाडपर्वको समयमा ती समुदायहरुको व्यापार निकै फष्टाउने गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट