News Category 2070/06/10
परीक्षा रद्द गरी पुनः परीक्षा लिन बिद्यार्थीहरुको माग
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
सिटीइभिटी अन्तर्गत राजविराजस्थित पविउच्च मावि केन्द्रमा सञ्चालित परीक्षाका क्रममा प्रहरी प्रशासनले भन्दै बुधवार केही परीक्षार्थीहरुले प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीइभिटी)लाई ज्ञापनपत्र पठाएका छन् ।
परीक्षा केन्द्र परिसर र परीक्षा केन्द्रमा प्रहरी प्रशासनले लाठी चार्ज गरी केही परीक्षार्थीहरुलाई घाईते बनाएको तथा केहीलाई नियन्त्रणमा लिएकोले परीक्षा प्रभाबित भएको भन्दै ज्ञापनपत्रमा असोज ८ र ९ गतेको परीक्षा रद्द गरी पुन ः परीक्ष लिने व्यवस्था मिलाउ माग गरिएको छ ।
परीक्षा हलमै प्रबेश गरी सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारीले तिमीहरु आफ्नो जिल्लामा नपढी किन यहाँ आएका छौ, तिमीहरु चिट चोर्न आएका छौ भनि गरेको अपमानको प्रतिवाद गर्दा प्रहरीले लाठी चार्ज गरेकाले आफहरुको परिक्षा प्रभाबित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रहरी प्रशासनबाट परीक्षा हलमै भएको अमानवीय व्यवहार र गैर जिम्मेवार कार्यले बिद्यार्थीहरुको भबिष्यमाथि आघात पुगेको भन्दै ज्ञापनपत्रमा आफुहरुमाथि भएको दमनको छानबिन गरी दोषीमाथि कार्वाही र पक्राउ परेकालाई रिहाई गर्न माग समेत गरिएको छ ।
ज्ञापनपत्रमा अघि सारिएका माग प्रति सम्बन्धित निकायले समयमै पहल नगरिए बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएकोछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ