News Category 2073/07/03

चाँदीका गरगहनासहित एक भारतीय पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता 
राजविराज, २ कात्तिक । 
प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ति टोलीले एक भारतीय नागरिकलाई अवैध भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चाँदीका गरगहनासहित पक्राउ गरेको छ । 
तिलाठी ८ बाट प्रहरीले भारतको बिहारस्थित मधुवनी जिल्ला हरिनगर बस्ने १६ वर्षिय रमेश पासवानलाई २ किलो ४ सय ८ ग्राम चाँदीका तयारी गरगहनासहित पक्राउ गरेको जनाएको छ । 
यता प्रहरीले बरामद गरेको चाँदीका गरगहना र पासवानलाई भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट