News Category 2073/07/03

मधेशवादी दललाई विश्वासमा लिनु आवश्यक ः सांसद कर्ण

दैनिक समाचारदाता

दैनिक समाचारदाता 
राजविराज, २ कात्तिक । 
सांसद एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कुमार कर्णले असन्तुष्ट बनेका मधेशवादी दलहरुलाई विश्वासमा नलिई स्थानीय निकायको सीमा निर्धारण गरे मुलुकमा राजनीतिक अस्थिरता रहिरहने बताउनुभएको छ । 
राजविराजस्थित आफ्नै निवासमा मंगलवार आयोजित पत्रकार सम्मेलनकमा उहाँले मधेशवादी दललाई विश्वासमा लिन पार्टीका सभापति शेरवहादुर देउवालाई आग्रह समेत गर्नुभएको बताउनुभयो । 
उहाँले माओवादी केन्द्र, एमाले र मधेशवादी दललाई विश्वासमा लिएर स्थानीय निकाय पुनर्संरचनाको काम अगाडि वढाउन पार्टी सभापतिलाई आग्रह गर्नुभयो । 
मुलुकमा अब आन्दोलन आर्थिक विकास र सामाजिक परिवर्तनका लागि हुनुपर्ने बताउँदै त्यस्ता आन्दोलनको अगुवाई युवा पुस्ताले लिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट