News Category 2073/07/09

चार लाख भारुसहित एक भारतीय पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
गैरकानुनी तरीकाले भारतबाट ल्याउँदै गरिएको चार लाख भारतीय रुँपैयासहित एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  
जिल्लाको तिलाठी गाविस वडा नं ८ स्थित सडक खण्डमा आइतबार भारतबाट नेपालतर्फ आईरहेका भारतको युपि मेरठ जिल्ला बिसोला निवासी ३८ वर्षिय रजनिस कुमार चौधरीलाई उक्त नोटसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको गस्ती टोलीले शंका लागि चौधरीको शरीर खानतलासी गर्दा सो नोटहरु फेला परेको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनु्भयो । 
उहाँले चौधरीको शरीरबाट ५ सयको दरले ८ वटा बुक फेला परेको जानकारी दिँदै ती ८ वटा बुकहरुमा ५० हजार गरि ४ लाख भारतीय रुँपैया फेला परेको बताउनुभयो । 
पक्राउ परेका चौधरीलाई भारतिय रुपैयासहित आवश्यक कार्वाहीको लागी केन्द्रिय राजश्व कार्यालय बबरमहल काठमाडौं पठाइएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट