News Category 2073/07/09

उद्योग मन्त्रिलाई कालो झण्डा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
उद्योग मन्त्री नविन्द्रराज जोशीलाई सोमबार सप्तरीमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन । 
सप्तरीको मल्हनिया गाविसस्थित चनही चौकमा आयोजना गरिएको पदभार ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन आउनुभएका मन्त्री जोशीलाई जारी संविधान प्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन । सो कालो झण्डा देखाएर बिरोध गर्ने क्रममा प्रहरीले बल समेत प्रयोग गरेको स्थानीय राधेश्याम रामले जानकारी दिनुभएको छ ।
स्थानीय प्रहरीले बल प्रयोग गरेपछि चनही चौक केही समय तनावग्रस्त रहेपनि पछि सामान्य भएपछि कार्यक्रम संचालन भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट