News Category 2073/07/09

प्रहरीद्वारा पटाका र भन्सार छलेको सामान बरामद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
सप्तरी प्रहरीले दीपावलीमा पड्काउने पटाका र भन्सार छलेर ल्याउँदै गरेको सामानहरु जिल्लाको छुट्टाछुट्टै स्थानबाट बरामद गरेको छ । 
प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरी टोलीले झुटकी गाबिस वडा नं ६ बाट अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको पटाका बरामद गरेको छ । 
प्रहरी टोलीलाई देखेर झोला छाडी व्यक्तिहरु फरार भएकोपछि उक्त झोला शंका लागी चेकजाँच गर्दा उक्त मुल्य बराबरको बिभिन्न प्रकारका पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको गस्ति टोलीले जिल्ला बरही ५ स्थित कुनौली सडक खण्डमा ब्यापारिक प्रयोजनका लागी भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको चार हजार ५ सय मुल्य बराबरको सामानहरु बरामद गरेको छ । 
बरामद गरिएको सामानहरुमा चकलेट ५ प्याकेट, चियापत्ती २ प्याकेट, खाने तेल ७ लिटर, भुजिया ७० प्याकेट र रङ्ग १ प्याकेट रहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट