News Category 2073/07/10

एमपिएल उपाधीका लागि मेसुलंका र गणपति भिड्ने फाइनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आउने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 
एमपिएलको टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा मेसुलंका राजबिराज र गणपति क्रिकेट क्लव फाईनलमा प्रतिष्पर्धा गर्ने भएको छ । 
उक्त फाईनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा रहने आयोजक समितिका पवन दासले जानकारी दिनुभयो ।
मंगलबार सम्पन्न सेमीफाइनल खेलमा मेसुलंकाले महोत्तरीलाई ४ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा गणपति क्रिकेट क्लवले युथ एकेडमी राजबिराजलाई २९ रनले पराजित गर्दै फाइनल खेलमा स्थान सुरक्षित गरेको हो ।
सम्पन्न पहिलो सेमिफाइनल खेलमा महोत्तरीले टस जितेर २० ओभरमा ६ बिकेटको क्षतिमा  १६१ रनको योगफल तयार पारेको थियो । जसमा धिरज अधिकारीले ६५ रन ईसान पाण्डेले ५८ रन बनाएका थिए । बलिंगतर्फ मेसुका बिटु कुमार २ तथा अजय राजबंशी र दलजित कुमारले १÷१ बिकेट हात पारेका थिए । 
जवाफमा १ सय ६२ रनको लक्ष्य लिएका मेसुले १९.३ ओभरमा ६ बिकेटको क्षतिमा जित हासिल गरेको हो । जसमा टिमका मुकुन्द यादवले नटआउट ४३ रन राकेश कामैत ३४ तथा बिकास दासले १३ रन वनाएका थिए । बलिंग तर्फ मोहतरीका रितेश सिंह २ गोपाल सिंह र राहुल सिंहले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच मुकुन्द यादव घोषित भएका थिए ।
यस्तै मंगलबारै सम्पन्न दोश्रो सेमिफाइनलमा टस जितेर गणपतिले १९ ओभरमा सबै बिकेट गुमाई १४४ रनको योगफल तयार पारेको थियो । जसमा राजेश सिंहले सर्वोधिक ५२ रन, अमल दास २८ तथा अमिल सिँहले १९ रन बनाएका थिए । बलिंग तर्फ युथका प्रदिप पासवान ३ बिकेट, मिकु मण्डल, दिपेन्द्र राउत २÷२ तथा फिरदोष अन्सारी र शहादत अंसारी १÷१ बिकेट हात पारेका थिए । 
जवाफमा युथले १९.२ ओभरमा सबै बिकेट गुमाई ११५ रन मात्र बनाउन सक्यो । टिमका लागी मिनेष थापा ४४, रन रबि रोय ३१ रन बनाएपनि टिमलाई जिताउन असफल भए । बलिंगतर्फ गणपतिका कुसल भुर्तेल किफाइती बलिंग गर्दे ४ बिकेट दिपेन्द्र ऐरी ३ तथा राजेश सिँह र फिरदोष अंसारीले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच दिपेन्द्र ऐरी घोषित भएका थिए । फाईनल खेल कार्तिक ११ गते गणपति क्रिकेट कल्व राजबिराज बिरुद्ध मेसुलंका राजबिराज बिच हुने छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट