News Category 2073/07/11

कानुन अनुसार विवाह गर्ने उमेर नपुगेकी बालिकालाई अदालतले नै गरायो नाता प्रमाािणत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 
सिरहाको खरुकयाही १ निवासी मोहित मण्डलकी छोरी सिमरन मण्डलले सप्तरीको इनरुवा फुलवरीया ९ निवासी मो. ज्याउलका छोरा मो. इरसादसँग प्रेम विवाह गरेका छन । 
यद्दपी उनीहरु दुबैले प्रेम विवाह गरे पनि समाजका विभिन्न व्यक्ति तथा प्रहरी प्रशासनबाट निकै ठूलो कष्ट झेल्नु परेको बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरु दुबैले बताएका छन् । 
यता सिमरनले आफ्नो उमेर २० वर्ष भएको दावी गरेपनि उनको उमेर १७ बर्ष मात्रै रहको पाइएको छ । २०५६÷६÷२६ गते उनको जन्म भएको गाविसको प्रमाण पत्र फेला परेको हो । यो अनुसार उनको उमेर १७ वर्ष १ महिना १५ दिन पुगेको देखिएको छ । 
दुबैले विवाह गर्दा सिमरन मात्र १६ वर्ष ९ महिनाकी थिइन् । दुबैले गत भदौं २७ गते सप्तरी जिल्ला अदालतबाट नाता कायम गराउँदा २० बर्ष भएको दावी गरिएको छ । यसरी हेर्दा नेपालको कानुन अनुसार उनको विवाह बाल विवाह भएको देखिन्छ । 
यस बिषयमा जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले अदालतमा नाता कायम गर्न आउनेहरुको उमेर इजलासमा गएपछि मात्रै हेरिने गरेको बताए । उनले श्रीमान् (न्यायाधीश) लाई शंका लागेमा आधार खोज्न सकिने बताउँदै निवेदन दिन आउँदा उमेर सोध्न नसकिने बताए । उनको भनाईलाई मान्ने हो भने उमेरको आधार नभएपनि अदालतमा नाता प्रमाािणत गर्ने काम हुन्छ । कुनै पनि महिला आफूलाई पीडित भन्दै आउने गरेको बताउँदै उनले पीडितलाई न्याय दिलाउने काम अदालतको रहेको बताए । 
लहानस्थित इन्टरनेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत दुबैबीच विगत तीन वर्षदेखी प्रेम सम्बन्धमा रहेको प्रेमी जोडीले जानकारी दिएका छन् । 
सो पत्रकार सम्मेलनमा इरसादका बुबा मो. ज्याउलले बुहारी सिमरनलाई प्रहरीले आफ्नो घरबाट जबरजस्ती उठाएर लगेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय कल्याणपुरका सई जयप्रकाश साहले आफूसँग केटी पक्षलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै २ लाख ५ हजार रकम लिएको आरोप लगाएका छन् । 
सो आरोप बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले यो रकम केटा पक्षले केटी पक्षलाई दिने सहमति गरे अनुसार दिएको बताए । यद्यपी यो रकम दिन सई साह मार्फत मात्रै बनेको बताउँदै यो बिषयमा सईलाई आन्तरिक कारवाही समेत गरिसकेको बताउनुभयो । 
यता प्रहरीले सिमरनलाई घरबाट लगेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरमा लगेर विभिन्न प्रकारको मानसिक दवाव दिएर सिरहास्थित घर पठाएपनि बाटोमै सिमरनले लगाएको विभिन्न गरगहाना र रकम समेत सप्तरीको इनरुवा फुलवरिया निवासी मो. मुमताज, तमसुख खातुन लगायत चार पाँचजनाको समूहले बेहोस पारी खोसेर लगेको दाबी गरिन् ।
आफूहरु दुबै जना राजखुशी विवाह गरी जीवन निवार्ह गरिरहेको बताउँदै इरसाद र सिमरनले सँगै भने, ‘विगतमा आफूहरुलाई मानसिक र शारिरक यातना दिने काम भयो, अब त्यो बन्द हुनुपर्छ, प्रहरीलाई दिईएको रकम फिर्ता पाउनुपर्छ ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट