News Category 2073/07/11

मैथिली कथा संग्रह “बुलबुल” को लोकार्पण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 
धनुषाका पत्रकार एवं साहित्यकार सुजीत झाद्वारा लिखित मैथिली कथा संग्रह “बुलबुल” को बुधबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । पत्रकार एवं साहित्यकार झो यो सातौं कृती हो । 
आफन्त नेपालद्वारा प्रकाशित उक्त कथा संग्रहको मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु देवेन्द्र मिश्र, बिबेकानन्द झा, डा. सुनिल कुमार झा, विष्णु कुमार मण्डल र वर्तमान अध्यक्ष शुभचन्द्र झाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । 
लोकार्पण कार्यक्रममा वक्ताहरुले झाद्वारा लिखित कृतिहरु मैथिली भाषाको उत्थानका लागि निकै नै प्रभावकारी भएको बताउँदै अहिले धुनषाका सामुदायिक विद्यालयहरुमा समेत ती कथा संग्रह पाठ्यक्रमको रुपमा लागु गरिएको बताउनुभयो । 
उक्त अवसरमा करुणा झा, सेन्चुरी बैंकका प्रन्धक बिज्रमोहन झा, पत्रकार शिवहरी भट्टराई, धुनषा महासंघका कोषाध्यक्ष रामअशिष यादव, नेपाल सदुभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, नेपाल सद्भावना पार्टीका केन्द्रिय सचिव राजिव झा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट