News Category 2073/07/12

मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्छ ः शान्ति मन्त्री यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्ने बताउनु भएको छ । 
नेपाली काँग्रेस राजविराज नगर समितिद्वारा बिहीबार राजविराजमा दीपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले वर्तमान सरकार संविधान संशोधनकै लागि बनेको र संशोधन नगरिए जारि संविधान कार्यान्वयन नहुने बताउनुभयो । 
समावेशी, समानुपाति, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, सिमांकन लगायतका विषयलाई समाधान गर्नु अत्यन्त आवश्य रहेको बताउँदै सो विषयहरुको टुङ्गो नलागे मुलुक अशान्त नै रहिरहने जिकिर गर्नुभयो ।
यसैगरि उहाँले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अदालत समेतको अवहेल्ना गरेकाले अहिले सो मुद्दा संसदमा प्रवेश गरिसकेकोले संसदले नै टुङ्गो लगाउने धारणा राख्नुभयो ।
सो कार्यक्रममा सांसद सकलदेव सुतिहार निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की जति दोषी देखिन्छन्, त्यो भन्दा बढी उनलाई सो पदमा स्थापित गर्ने दलहरु बढी दोषी रहेको धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा अर्का सांसद तेजुलाल चौधरील मधेशको माग सम्बोधनका लागि संविधान संशोधन हुन्छ भन्दै दाबी गर्नुहुँदै संविधान संशोधन नभए देशमा शान्ति नहुने बताउनुभयो । उहाँले लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनै पर्ने धारणा ब्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस नगर समितिका अध्यक्ष शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनयिन काग्रेसकी पुर्व अध्यक्ष रितादेवी खनाल, काग्रेस सप्तरीका सचिव रामकुमार यादव, ट्रेड युनयिन कृषिका उमेश मिश्रा, पुर्व जिविस सभापति विरवल विराजी, क्षेत्रीका सभापतिहरु, जिल्लास्तरीय नेता कार्यकर्ता लगायतका बक्ताहरुले नेपाली काँग्रेसले नै मधेशको समस्या समाधान गर्न सक्ने दाबी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट