News Category 2073/07/13

२५ केजी चरेस बरामद, तस्कर फरार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 
सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी राजविराजले सप्तरीको मानराजाबाट २५ किलो लागु औषध चरेस नियन्त्रणमा लिएको छ । 
बिहीबारराती मानराज ५ मा नेपालबाट भारततर्फ दुई वटा झोलामा दुई जनाले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त मात्रामा चरेस बरामद भएको सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक जयबहादुर खड्काले जानकारी दिनुभयो । 
सो चेकजाँचको क्रममा तस्करहरु फरार भएको र प्रहरी जवान अरुण यादवको औला समेत तस्करहरुले दातले छिनाइदिएको जानकारी दिँदै उहाँले तस्करहरुको खोजतलास जारि रहेको बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले चरेस बरामद भएको जनाउँदै थप अनुसन्धान जारि रहेको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट