News Category 2073/07/14

एउटा मन्दिरमा दुई समिति उपसभामुखले छोरालाई अध्यक्ष बनाएको आरोप

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको हनुमाननगर योगनीमाई नगरपालिकास्थित जोगिनीमाई मन्दिर सेवा समितिमा एउटा समिति हुँदा हुँदै उपसभामुख गंगाप्रसाद यादवले आफ्नो छोराको अध्यक्षतामा पुनः अर्को समिति निर्माण गरिएको आराप लगाइएको छ । 
श्री श्री श्र १०८ जोगिनीमाई मन्दिर सेवा समितिका अध्यक्ष सुशिल कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै उक्त आरोप लगाउनु भएको छ । 
जारि विज्ञप्तिमा पुरानो समिति २०६२÷७÷१ गते दर्ता भई मन्दिरको कार्यक्रम संचालन भई रहेको अवस्थामा उपसभामुख यादवले आफ्ना छोरालाई अध्यक्ष रहने गरी नगरपालिकाका प्रमुख भागवत महतोलाई प्रलोभन र दवावमा पारी सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको आरोप लगाइएको छ । 
पत्रिकामा समेत गोप्य सूचना प्रकाशित गरी उपसभामुख यादवले उक्त समिति दर्ता गराइएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, “प्र.जि.अ. समक्ष उजुरी दिंदा प्र.जि.अ.ले पत्राचार गरी बोलाउँदा समेत उप सभामुखका छोरा उपस्थित नभई कानून विपरित कामहरु गर्न उपसभामुखले सहयोग गरी राखेका छन् ।”
यसैगरि विद्यालयको पुरानो जस्ता पाता मन्दिरमा रहेका बाबाजीलाई दिने निर्णय भए पनि उपसभामुखले आफ्नो घरमा लगी राखेको थप आरोप लगाउँदै सो विषयमा जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गर्दा हालसम्म जस्तापाता विद्यालय नपु¥याई आफ्नो घरमा राखी रहेको विज्ञप्तिमा जनाइएको छ । यस्तै जोगिनी पोखरी मर्मतमा समेत उपसभामुखले ३२ लाख संसदकोषको रकम भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 
साथै विज्ञप्तिमा अर्को समिति बदर गर्न र भ्रष्टाचार सम्बन्धि छानविन गर्न माग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट