News Category 2073/07/18

आगलागीमा परी १२ वर्षिया बालिकाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
सप्तरीको बेल्ही चपेना गाविसमा मंगलबार राती आगलागि हुँदा एक १२ वर्षिया बालिकाको ज्यान गएको छ । 
मृत्यु हुनेमा बेल्ही चपेना गाविस ६ निवासी शिव नारायण मण्डलकी छोरी संगीता मण्डल रहेकी छिन् । 
मंगलबार घरमा बालेको टुकि बत्तीबाट राती अचानक आगो सल्किएर गम्भीर घाइते भएकी संगीताको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट