News Category 2073/07/18

आगलागिमा पाँच लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक । 
सप्तरीको छुट्टाछुट्टै स्थानमा मंगलबार आगलागी हुँदा पाँच लाख मुल्य बरावरको क्षति भएको छ । 
जिल्लाको विषहरिया ७ मा पटाका पड्काउने क्रममा आगलागी हुँदा स्थानीयवासी हरिनारायण यादवका दुईवटा घर जलेर नष्ट भएको छ । 
यस्तै, सप्तरीको पोर्ताहा ४ का असर्फी लोहटिया यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगलागी हँुदा निजको गाईगोठ र पूजा घर पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
साथै, सोही आगोबाट छिमेकी लक्ष्मण यादवको गाईगोठ पनि नष्ट भएको प्रहरीले जनाएको छ । सो दुबै ठाउँको आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी पाँच लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट