News Category 2073/07/23

चोरीको सामानसहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 
राजबिराज नगरपालिका वडा नं ७ निवासी दिपेन्द्र कुमार यादवको घरबाट आइतबार चोरी भएको विभिन्न सामानसहित दुई जनालाई चोरीमा संलग्न रहेकोमा प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीले चोरीको घटनामा संलग्न रहेका राजविराज ७ निवासी संगित मेहतर र सप्तरीको इटहरी विष्णुपुर गाविस ८ निवासी बेचन रामलाई सुन चादीका बिभिन्न गरगहना र नगद सहित पक्राउ गरेको जनाएको छ । 
पक्राउ परेका दुबै जनाको साथबाट सुनको शिरबन्दी एक थान, सुनको औठी एक थान, चादीको बिच्चीया एक थान र चादीको ढीक्का दुई थान तथा नगद ३ हजार ३ सय ९५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । 
उनीहरु दुबै जनलाई सोमबारै चोरी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट