News Category 2073/07/26

राजविराज महोत्सवको मिति स¥यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 
यही कात्तिक २६ गतेदेखी हुने भनिएको राजविराज महोत्सवको मिति सरेको छ । 
बैष्णवी काली मन्दिर युवा समितिको आयोजनामा हुन लागेको महोत्सवको मिति प्राविधिक कारणवश केहि दिन अगाडि सरेको विज्ञप्ति जारि गर्दै जनाएको छ । 
राजविराजस्थित राज रंगशालामा महोत्सवको निम्ति काम भइरहेको र केहि दिनभित्रै महोत्सवको शुरुवात हुने विज्ञप्तिमा उल्लेख छ । 
साथै विज्ञप्तिमा निर्धारित समयमा महोत्सव शुरु गर्न नसकिएकोमा महोत्सवका लागि प्रतिक्षारत रहेका सम्पूर्ण सप्तरीबासीसँग क्षमायाचना गर्दै महोत्सव शुरु हुने नयाँ मिति एक÷दुई दिनभित्रै पुनः सार्वजनिक गर्ने जानकारी गराइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट