News Category 2073/07/27

मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना ः अध्यक्ष राणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबरा राणाले मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने बताउनुभएको छ । 
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा राप्रपाद्वारा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले मधेशमा दुई प्रदेश हुनुपर्ने राप्रपाको एजेन्डा रहेको जिकिर गर्नुभयो । 
उहाँले पहिला प्रदेश बनएर त्यसपछि जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका बनाउनु पर्ने जरुरी रहेको भन्दै बर्तमान संरचनामै निर्वाचन गर्नुपर्नेमा जोड् दिनुभयो । 
उहाँले नयाँ संरचना बनाएर निर्वाचन गर्दा ठूलो विवाद हुने भएकोले बर्तमान संरचनामै स्थानीय निकायको निर्वाचन गरेमा सबैको भलो हुने दाबी समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकताको प्रयास भइरहेको बताउँदै यद्दपी यसमा केहि समय लाग्ने जानकारी दिनुभयो । 
उहाँले आफ्नो पार्टीले पहिले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद नारा राखेपनि अहिले हिन्दु गणतन्त्र चौथो नारा थपेको उल्लेख गर्नुभयो । 
राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य राजेश गिरी, रेणु साह, नरेन्द्र चौधरी, सहायक कोषाध्यक्ष गिरधर परियारसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट