News Category 2073/07/27

साँसद यादवले “जनतासँग साँसद” अभियान सुरु गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
सप्तरी क्षेत्र नं ३ का साँसद एवं निवर्तमान सिंचाई मन्त्रि उमेश कुमार यादवले मंसिर १ गतेदेखी “जनतासँग साँसद” अभियान संचालन गर्ने जानकारी दिनु भएको छ । 
प्रेस सेन्टर सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै साँसद यादवले जिल्लाको विकास, समस्या, गुनासो, जिज्ञासा र समस्याको समाधान लगायत विषयमा जनतामाँझ जाने उद्देश्यले अभियान संचालन गर्न लागेको बताउनुभयो । 
उहाँले अभियान अन्तरगत सप्तरी क्षेत्र नं. ३ का जनताहरुको घरघरमा गएर उनीहरु गुनासो, सुझाव, समाधान लगायतका कुराहरु सुन्ने र त्यसलाई कार्यानवयन गर्नेतर्फ अग्रसर हुने बताउँदै मंसिर १ गतेदेखी फागुन मसान्तसम्म अभियान संचालन हुने जानकारी दिनुभयो ।
सो अवधीमा जनताले दिएको सुझाव तथा जिल्लाको विकासका मुख्य मागहरु बारे पुस १ देखी हस्ताक्षर अभियान समेत संचालन गरिने उल्लेख गर्नुभयो । त्यस्तै मागहरु बारे प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तथा प्र्र्र्र्र्रधानमन्त्री समक्ष ज्ञापन पत्र पनि बुझाउने कार्यक्रम रहेको बताउनुभयो । 
त्यसैगरि माघ २ गतेदेखी विकासीय कार्यका लागि आन्दोलन समेत सुरु गर्ने तर, आन्दोलनको स्वरुप शान्तिपूर्ण हुने जसमा अनसन लगायत रहेको जिकिर गर्नुभयो । यस्तै उहाँले अभियान अन्तरगत ५० हजार निम र अमालाको बोट २५ हजार घरधुरीलाई प्रदान समेत गर्ने उदघोष गर्नुभयो ।  
यस्तै एक अर्को प्रसङ्गमा साँसद यादवले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउँदै कार्कीको हरेक सरकारी निकायमा हस्तक्षेप समेत बढेको दाबी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट