News Category 2073/07/27

संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा ः प्रधानमन्त्री “मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको छ”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, २६ कात्तिक । 
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असन्तुष्ट पक्षका जायज माग सम्वोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडी बढ्ेकोले अन्तिम रुप दिने प्रयास भइरहेको बताउनु भएको छ । 
प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रवार आफ्नो निर्वाचन क्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा आउनु भएका प्रधानमन्त्री प्रचण्डले आयोजित बिशाल जनसभालाई सम्वोधन गर्दै सवै दलहरुसँगको छलफल अन्तिम अवस्थामा पुगेकोले अब चाँडै निकास निस्कने दाबी गर्नुभयो ।
सवै क्षेत्रको भावना समेट्ने बाचासहित आफू प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री दहालले सवैलाई मन्य हुने गरी संविधान संशोधनको प्रयास भइरहेको जिकिर गर्नुभयो । 
मन्तव्यकै क्रममा उहाँले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताउनुभयो । ‘केही साथीहरुले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधान संसोधन पछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने देखाउँछ,’ अध्यक्ष दहालले मन्तव्यको क्रममा व्यक्त बताउनुभयो । 
सोही सभामा प्रधानमन्त्रि प्रचण्डले सिरहाका बिभिन्न क्षेत्रका गर्ने विकास निर्माण कार्यको घोषणा समेत गर्नुभयो । 
त्यस्तै सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावना अनुकुल कानुन बन्ने दाबी गर्नुभयो । सवै निकायमा समानुपातीक तथा समावेशी लागु हुने गरी कानुन बन्न लागेको समेत मन्त्रि नायकले बताउनुभयो । पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा नेकपा माओबादी केन्द्रका केन्द्रीय र जिल्ला स्तारका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट