News Category 2073/07/28

चालु आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालय स्थापना हुने

दैनिक समाचारदाता

राजविराज÷राजस्व विभागका सचिव राजन खनालले सप्तरीवासिलाई राजस्व तिर्न भइरहेको समस्यालाई मनन् गर्दै चाल् आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालयको स्थापना हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
सप्तरी उद्योग बाणिज्य सघले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले सो प्रतिबद्धता व्यक्त गर्दै राजस्वको छली नगर्न भन्दै देशको विकासमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।
उहाँले जिल्लाको बिभिन्न ठाउँमा रहेको छोटी भन्सार संचालनमा ल्याउने तथा राजस्व सम्बन्धमा जिल्लाका करदाताहरुसँग छलफल गरिने बताउनुभयो । 
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव बिष्णु नेपालले सप्तरीको विकासका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको बताउँदै यसका लागि यहाँकै स्थानीयलाई जागरुक हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा सप्तरीका व्यापारीहरुले धान चामल बिना भन्सार ल्याउन दिनुपर्ने, भारुको समस्या समाधान गरिनुपर्ने लगायतका समस्याहरु राखेका थिए । 
कार्यक्रममा राजस्व अनुसन्धान विभागका डिजी निर्मलहरी अधिकारी, भन्सार विभागका डिजी शिशिर कुमार ढुँगाना, डिडिजी सुमन दाहाल, अर्थ मन्त्रालयका उपसचिव यज्ञ ढुँगेल, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख धर्मेन्द्र मिश्रसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव अनन्त साहले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट