News Category 2073/07/28

झापा र मोरङ तथा कञ्चनपुरलाई छोडेर मधेश दुई प्रदेश हुनुपर्नेमा जोड

दैनिक समाचारदाता

राजविराज÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबराले नेपालको पूर्वी भागको झापा र मोरङ तथा पश्चिममा कञ्चनपुरलाई छोडेर मधेशलाई दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने बताउनुभएको छ । 
शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले मधेशमा दुई प्रदेश हुनुपर्ने राप्रपाको एजेन्डा रहेको बताउनुभयो । 
उहाँले पहिला प्रदेश बनएर त्यसपछि जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका बनाउनु पर्ने जरुरी रहेको भन्दै बर्तमान संरचनामै निर्वाचन गर्नुपर्नेमा जोड् दिनुभयो । 
उहाँले नयाँ संरचना बनाएर निर्वाचन गर्दा ठूलो विवाद हुने भएकोले बर्तमान संरचनामै स्थानीय निकायको निर्वाचन गरेमा सबैको भलो हुने दाबी समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकताको प्रयास भइरहेको बताउँदै मंसिर मसान्तसम्मा दुबै पार्टीबीच एकीकरण हुने जिकिर गर्नुभयो । 
उहाँले आफ्नो पार्टीले पहिले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद नारा राखेपनि अहिले हिन्दु गणतन्त्र चौथो नारा थपेको उल्लेख गर्नुभयो । 
सो अवसरमामा राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर साह, सकिल अन्सारी, केन्द्रिय सदस्य राजेश गिरी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट