News Category 2073/07/29

भारतीय दुई हजारको नोटमा नेपाली भाषा प्रयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
भारत सरकारले हालै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि बजारमा नयाँ पाँच सय र २ हजारको नोट बजारमा ल्याएको छ । 
भारत सरकारले बजारमा ल्याएको २ हजारको नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरेको पाइएको छ ।
भारतको संविधानको अनुसूचिमा नेपाली भाषा उल्लेखित भए बमोजिम नै २ हजारको नोटमा नेपाली भाषा प्रयोग गरिएको हो । यता बजारमा आएको उक्त नयाँ नोटमा धेरै भारतीयहरुले चासो व्यक्त गरेका छन् । 
भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा दुई हजार रुपैयाँ पनि लेखिएको छ ।
एउटै कुरा दुई ठाउँमा लेखिएको र यो गल्ती भएको भन्दै न्यूज पोर्टल सत्याग्रहले लेखेपछि यसले धेरैको ध्यान तानेको छ । तर, यो गल्ती नभएको थाहा भएको छ । द क्वीजका अनुसार नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट