News Category 2073/07/29

आगलागीमा परी एक बृद्धाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
सप्तरीको सप्तकोशी नगरपालिकामा शनिबार राती भएको आगलागिमा परी एक बृद्धाको मृत्यु भएको छ । 
टुकी बत्तीबाट ओछ्यानमा आगलागी हुँदा सप्तकोशी नगरपालिका ४ निवासी अन्दाजी ६० बर्षिया भुटकुनदेवी रजकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
ओछ्यान नजिकै बालेको टुकी बत्तीबाट आगलागी हुँदा जलेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट